ओखलढुंगामा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते -
Comments Add Comment

ओखलढुंगामा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

२२ फागुन , काठमाडौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइरहेको छ । माम्खाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । न्युज कारखाना  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment