ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते -
Comments Add Comment

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

२५ पुष , काठमाडौं । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds