१९ असार , काठमाडौं । कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।
शिवराज नगरपालिका–२ बालापुरका १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए ।
बिहान खेतमा धान रोप्न गएकी थारू चट्याङ लागेर घाइते भएकी थिइन्। उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । रासस


