Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली शरणार्थी प्रकरणमा उत्कृष्ट अनुसन्धान गर्ने एसएसपी कार्की र केसी आईजीपी कुँवरद्वारा पुरस्कृत

३ साउन , काठमाडौ ।  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी प्रधान कार्यालय तथा मातहतका जिल्लाहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन् । उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो । प्रहरी प्रधान कार्यालयले उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।

विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आइजीपी कुँवरले पुरष्कृत गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जनाएको छ ।

आइजिपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्यदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment