Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको शान्ति सुरक्षालाई मजबुद बनाउदै एसएसपी कार्की : ९ सय ९० जना फरार अपराधी पक्राउ गर्न सफल

१६ चैत , काठमाडौ । काठमाडौ जिल्लाकाे शान्ति सुरक्षाकाे कमाण्ड समालेका एसएसपी दानबहादुर कार्की नेपाल प्रहरीका एक अब्बल र निष्कलङ्क प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन ,विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने कार्की बढ्ता प्रचारप्रसारमा खासै रुचि राख्दैनन् ।

एसएसपी दानबहादुर कार्कीले गत माघ ४ गते देखि काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हाले सङै विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको बताएका छन् ।

प्रहरी परिसर काठमाडौंले अदालतको फैसला कार्यान्वयनमा गएको माघ ४ गते देखि,चैत १५ गतेसम्म ७५ दिनमा ९९० जना फरार प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको छ । काठमाडौं जिल्ला अदालतबाट विगो, जरिवाना, कैद फैसला भई फरार रहेका ९९० जना प्रतिवादीलाई पक्राउ गरेर कारबाहीका लागि अदालतको जिम्मा लगाइएको हो ।

विगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

ज्यान मुद्धामा सजाय पाएका व्यक्तिलाई प्रहरीले ४२ बर्ष पछि पक्राउ गरेको छ । तस्तै भ्रष्टाचार मुद्दामा फरार रहेका व्यक्ति पनि ४१ बर्ष पछि पक्राउ गर्न काठमाडौं प्रहरी सफल रहेको छ । ‘अभियान चलाइएपछि ४ माघदेखि १५ चैतसम्म ९९० जना पक्राउ परेका छन्, ‘पक्राउ परेका अभियुक्त र प्रतिवादीहरूबाट ४ करोड ७६ लाख ३१ हजार ६४७ रुपैयाँ जरिमाना समेत असुल भएको छ ।’

अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको एसएसपी कार्कीले बताए ।

अपराध गरेर समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले बताएका छन् । बैकिङ कसुरमा ४० लाखसम्म जरिवाना तोकिएका, डाका चोरीमा ६ वर्षसम्म कैद फैसला भएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेका छौं’, उनले भने, ‘जन्मकैदको सजाय पाएको व्यक्ति होस वा १ सय रुपैयाँ जरिवाना तोकिएको व्यक्ति फरार रहँदा फरार प्रतिवादीको संख्या बढी देखिने हो । प्रहरीका थुप्रै काम छ, फरार प्रतिवादीको पछि लागेर मात्रै हुँदैन, एकैपटक समात्दा देशभर ‘गरे सकिन्छ’ भन्ने सन्देश पनि जान्छ ।’

कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन एसएसपी कार्कीले सबैमा अनुरोध समेत गरेका छन् ।

‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ एसएसपीले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानूनको दायरामा ल्याइने छ।’ उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment