Comments Add Comment

Advertisment

SKIP THIS

सिनामंगलमा सुन पसल अगाडी शङ्कास्पद वस्तु फेला :डिस्पोजको तयारी

३ साउन , काठमाडौ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ ।

सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने–‘गौशालाका डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ, अनुसन्धान गर्दै छौँ ।’

घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडिएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’

शङ्कास्पद बस्तु डिस्पोजको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment