Comments Add Comment

Advertisment

SKIP THIS

ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाएको गाँजासहित चितवन प्रहरीले दुईजनालाई पक्राउ

चितवन । ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाइ राखेको गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो साढे १ बजेतिर राप्ती-१ लोथरबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन्।

ग्यास बुलेटको अगाडिको भागको सिटमुनि र टुलबक्समा लुकाइ छिपाइ ल्याएको अन्दाजी ७० केजी गाँजा प्रहरीले नियन्त्रण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जानकारी दिए।

खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए।

पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी-७ का ४५ वर्षीय राजु वाइवा हुन्। दुबै जना गाडीका चालक हुन्।

‘प्रारम्भिक अनुसन्धानमा यो गाँजा भारततर्फ लैजान लागेको बुझिएको छ,’ एसपी कार्कीले भने, ‘चितवन, मकवानपुरको पहाडी क्षेत्रमा लगाइएको गाँजा हुनसक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै