Comments Add Comment

Advertisment

SKIP THIS

अपराध तथा तस्करी नियन्त्रणमा कठोर बन्दै, तस्करको जालो तोड्दै : एसपी भरत वि.क

काठमाडौं : हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रमुख रहेका एसपी भरत वि.क प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका वि.क जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।

रूपन्देही जिल्लाको कमान्ड सम्हाले सङै एसपी वि.क.ले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको बताइएका छन् । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै रूपन्देही प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।

एसपी भरत वि.क. ले जिल्लाको शान्ति सुरक्षाका लागि तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति रहेको बताउँछन् । प्रहरीले बुटवल, भैरहवा लगायतका बजारमा भरियामार्फत् पठाइएका सामान र ढुवानीका साधन समेत नियन्त्रण गरी भन्सार चलान गर्ने गरेको छ। एसपी वि.क ले जिल्लाका विभिन्न सीमा नाकामार्फत् भन्सार छली गरेर ल्याइएका त्यस्ता सामानको गोदाममा समेत छापा हानी बरामद गरिएको बताए।

नेपाल प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध नियन्त्रण हुनुका साथै नेपाल भारत सीमासित जोडिएको हुनाले भन्सार राजस्व र सीमा वारपार अपराध नियन्त्रणको कार्य पनि गर्नु परिरहेको एसपी वि.क.ले जानकारी दिएका छन्।

सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि तस्करी नियन्त्रणमा भने सशस्त्रलाई नेपाल प्रहरीले उछिनेको छ । प्रहरीले सिमानामा नै अपराध गर्नेहरूलाई रोकिदिने हो भने अर्को अपराध हुन नपाउने उनको भनाइ छ। ‘तस्करी नियन्त्रणलाई राजश्वसँग मात्र जोडेर हेरिनु हुँदैन, यो शान्ति सुरक्षासँग पनि जोडिएको छ, अवैध रूपमा कमाएको पैसा अवैध तरिकाबाटै खर्च हुने गर्छ, अन्ततः अपराध बढाउँछ,’ उनी भन्छन्।

प्रहरीले तस्करी गर्नेहरूलाई चल्न-हल्न नदिएको कारण सीमा क्षेत्रमा अपराध कम भएको उनले दाबी गरे। ‘रूपन्देहीका मर्चवार, मझगाँवा, धकधईजस्ता सीमा क्षेत्रमा तस्करी रोक्नेबित्तिकै अपराध पनि रोकिएको छ,’ उनले भने। एसपीका अनुसार प्रहरीले विभिन्न माध्यमबाट सामान तस्करी गर्नेलाई नियन्त्रण गर्ने तथा विगतमा तस्करीमा संलग्नहरूको पनि निगरानी बढाइएको बताए। यसअघि तस्करी गरी ल्याइएको सामग्री मात्र नियन्त्रण गरी भन्सार चलान गर्ने गरिएकोमा पछिल्लो समय सामान लोड गरी ल्याइएका सवारी साधन समेत भन्सार चलान गर्ने गरिएको छ।

एसपी वि.क.ले सामान नियन्त्रण गरेर मात्र पेशेवर तस्करलाई निरुत्साहित गर्न नसकिने भएकोले सामान सहित ढुवानीको लागि प्रयोग गरिएको साधन र ढुवानीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न थालिएको बताए। ‘सामान मात्रै नियन्त्रणमा लिएर भन्सार पठाउने तर सामान ल्याएको साधन छोडिदिँदा फेरि तस्करीमै संलग्न हुने गरेको पाइयो, साधन समेत नियन्त्रणमा लिएर भन्सार चलान गर्न थालेपछि त्यही व्यक्ति फेरि तस्करीमा नलाग्न सक्छ,’ उनले भने।

तस्करीलाई रोक्ने हो भने सामान मात्र होइन, साधन पनि समात्नुपर्छ भन्ने लागेर साधन पनि समात्न थालिएको उनले बताए। ‘भन्सार कार्यालयले त थोत्रो बाइक लिलाम पनि हुँदैन नसमाते पनि हुन्छ भन्छ, तर हाम्रो उद्देश्य लिलाम गराएर राजश्व बढाउने मात्र नभई तस्करी नै रोक्नु हो,’ वि.क भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै