Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा बसको ठक्करबाट कृतिका कार्कीको मृत्यु

२० पुष, काठमाडौ । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् ।

बाग्मती प्रदेश ०२-०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट-गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment