Comments Add Comment

Advertisment

SKIP THIS

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

९ साउन , काठमाडौँ । ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरी वृत्त सातदोबाटोका अनुसार आज बिहान ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिदा घाइते भएकी स्कुटर चालक २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

चितवन घर भएकी रेखा ललितपुरकै झम्सीखेलमा बस्दै आएकी थिइन् । घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुरकै धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनापश्चात् जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment