Comments Add Comment

Advertisment

SKIP THIS

ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

०८ जेठ , काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० बर्सिया सबिता कँडेल रहेकी छन् ।

घाइते भएकी सोही ठाउँ बस्ने २५ बर्सिया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ ।

आज बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्व पश्चिम राजमार्गमा से१ त ६८ २७ नम्बरको ट्र्याक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment