Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ-६ मा घण्टीका खनालको अग्रता

६ मंसिर , काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रता कायम गरेका छन्। अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दुई हजार नौ सय ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित वडा कार्यालय भवनमा मतगणना जारी छ । अहिले सो क्षेत्रको प्रदेशसभा २ को मतगणना चलिरहेको छ ।

तीन स्थानमा मतगणना गरिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। सो क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । सो क्षेत्रमा ६२ हजार मतदाता रहेका थिए ।

सोही क्षेत्रको प्रदेशसभा ९१० मा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले दुई हजार पाँच सय ६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले दुई हजार तीन सय ६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा एमालेका अमनकुमार मास्केले तीन हजार दुई सय ४६ मत प्राप्त गर्दा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले दुई हजार पाँच सय ९३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै