Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा भारतीय नागरिकलाई लुटपाट र कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाटा भारतीय नागरिकलाई लुटपाट र कुटपिट गर्ने तीन जना युवक पक्राउ परेका छन्। शनिवार राति १२ बजे दुई जना भारतीय नागरिकलाई कुटपिट र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो।

भारतको पिलिभित घर भएका मोहित कुमार र असरफ अहमदलाई कुटपिट र लुटपाट गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का रवि साउँद उर्फ ‘बास्सा’ र वडा नम्बर ११ का सुरेन्द्रबहादुर विष्ट उर्फ ‘ल्याङ’ तथा भुवन ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

तीनै जनाले भारतीय नागरिक मोहित कुमार र असरफ अहमदबाट नगद १९ हजार, दुई थान मोटरसाइकल र दुई थान मोबाइल लुटपाट गर्दै दुबै जनालाई कुटपिट गरेका थिए। इलाका प्रहरी कार्यालयमा मोहित र अहमदको जाहेरीको आधारमा प्रहरी टोलीले तीनै जनालाई कलुवापुर क्षेत्रबाट पक्राउ गरेको थियो।

बास्सा यसअघि पनि हातहतियार मुद्दामा जेल सजाय भोगेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनी भर्खरै कारागारमुक्त भएका थिए। प्रहरीले तीनै जनाबाट नगद, मोबाइल र मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै