Comments Add Comment

Advertisment

SKIP THIS

दीपक राज जोशीको कविता : त्यसपछि हाम्रो विचार मिलेन !

समयको रणभूमि मा मेरो र मेरो जीवन को भेट भयो।
तर आज हामीहरु विचारका सिद्धान्त साट्न सकेनौं।
किनकि हाम्रो विचार मिलेन।।

ऊ मुस्कुरायो मलाई हेरेर तर
आदी अनन्त कालसम्म को सपना सजाउने आँखा
एउटा मुस्कान दिन चुक्यो।।
उसले भयो जीवन एउटा सुखद आनन्द हो।।
मेरा रित्ता आँखाले जवाफ दिए
जीवन पीडा को समुन्द्र हो
अनी फेरि हाम्रा कुरा मिलेन।।।।

ठूलो वृक्ष को छहारी मा जिन्दगी
सिकाउन लाग्यो अस्तित्व को पाठ।
म पनि रमिदिए त्यो शीतलता मा
नसुने झैँ गरी उसका कुरा।।
उसले भन्यो
जीवन कहिले नमेटिने अजम्बरी मुस्कान हो
मेरो थाकेको ओठ ले प्रतिप्रश्न गर्यो
साँचो मुस्कान की झुटो??
अनी यहाँ हाम्रो धारणा मिलेन।।।

मेरो कुरा बेवास्ता गरी
निमेष भर मै सिकाउन खोज्यो सारा संसारको रीति।।
सुनी दिए ज्ञानी बालक झैँ
उसको गुरुदक्षिणा स्वरूप उसका वाणी
उसले भन्यो जीवन एउटा मिठो सपना हो
मेरो अन्तर मन भावुक हुँदै भन्यो
जीवन केवल एउटा खोज हो।।
अनी फेरि हाम्रो सिद्धान्त मिलेन।।।।

सकियो समय
बज्यो युद्ध सकिएको घन्टी
फर्केर हेरे रणभूमि मा
त्यहाँ मेरा हजार अबोध पन
खुशी अनी मुस्कान रगताम्य भएर लडेछन।।
विजयी मुस्कान हाँसेर गयो जिन्दगी।।
उसलाई जिताउन खोज्दा आफू हारेपछि
बलपूर्वक हाँसेर भने
यसरी नै चलिरहेछ जीवन र
यसरी नै चल्ने छ पूर्णविराम सम्म।।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै