Comments Add Comment

Advertisment

SKIP THIS

क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ विमानस्थलबाट पक्राउ

२६ साउन ,काठमाडौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए । सुन तस्करी प्रकरणमा चिनियाँ कनेक्सनको अनुसन्धान गरिरहेको प्रहरीले सोही क्रममा यी दुईजनालाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो ।

पछिल्लो समय यो प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै