Comments Add Comment

Advertisment

SKIP THIS

पुरुषलाई परिबन्दमा पारेर १८ लाख असुलेको आरोपमा तीन महिलालाई डेढ वर्ष कैद

बुटवल । एक पुरुषलाई परिबन्दमा पारेर १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला अदालत दाङले डेढ वर्ष कैद सजाय सुनाएको छ ।

दाङका एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोप लागेका तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।

अदालतले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैदसँगै १५ हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपैयाँको फैसला भएको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

२०७८ असोज ३ गते पक्राउ परेका उनीहरुले ती पुरुषसँग ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनीहरुले उक्त पुरुषबाट १ लाख नगद र १७ लाख रुपैयाँको चेक बुझेका थिए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुर अभियोग लगाइएको थियो ।

कसैको व्यवसायमा गैरकानुनी तरिकाले क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै