२९ साउन , काठमाडौ । बालिकालाई यौनजन्य दुर्व्यवहार र कुटपिट गरेको आरोपमा ललितपुरको एक चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन्।
बुङमतीस्थित ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई बुढाले यौन जन्य दुर्व्यवहार गरेको र आफूले भनेअनुसार नगर्दा बालिकालाई कुटपिटसमेत गरेको आरोप लागेको छ।
अदालतबाट ७ दिनको समय लिएर बुढामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




