Comments Add Comment

Advertisment

SKIP THIS

बागेश्वर धाम सरकार काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आएका छन् ।

नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा त्रिभुवन आज नेपाल आएका हुन ।

 

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् । नेपाल आइपुगेका बाबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका थिए ।

बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै