Comments Add Comment

Advertisment

SKIP THIS

५ एआईजीको सरुवा : उपत्यका प्रमुखमा दिपक थापा, एकेडेमीमा सन्दिप भण्डारी

भदौ २, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।

काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका एआईजी थापा डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका छन् । हालका आईजीपी पछिका भावी आईजीपीको रुपमा हेरिएका थापालाई महत्वपुर्ण कार्यालयमा सरुवा गरेर त्यसको छनक दिएको छ ।

प्रशासन विभागमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो ।

एकेडेमी प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै