Comments Add Comment

Advertisment

SKIP THIS

रसुवाको स्याफ्रुबेँसीबाट २ केजी सुनसहित प्रहरीले दुईजनालाई पक्राउ

रसुवा । प्रहरीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा रहेका छन् ।

उनीहरुलाई प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका सुदीपलाई बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ गरेको थियो ।

सुदीपले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

सुदीपले सोधपुछका क्रम उक्त सुन फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए। प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै