Comments Add Comment

Advertisment

SKIP THIS

अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा अनुसन्धानमा फरक पर्दैन: एसएसपी भूपेन्द्र खत्री

काठमाडौं – काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र बहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् ।

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरि आफुले काम गर्ने बताए । उनले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने जिकिर गरे । व्यवसायिक रुपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफुलाई कुनै असर नपार्ने उनको भनाइ छ । उनले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै