Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको रिसोर्टमा १७ वर्षीया किशोरीको बलात्कार : ५२ वर्षीय भण्डारी पक्राउ

काठमाडौं । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् ।

१७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै