Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ३१औं कविता : नाम हराएको मान्छे

आज मान्छेको नाम
मान्छेकै बिचमा हराएको छ
नामको खोजीमा मान्छे
आफ्नाहरूमा दौडेको युग भैसक्यो
मान्छेले आफ्नै नाम भेटेको छैन।

मान्छे कहिले कसैको नाममा
आफुलाई मान्छे हो भन्छ
मान्छेको जस्तै अभिनयमा
घरि घरि मान्छे भनिरहन्छ
मान्छेले आफ्नै नाम हराएको छ।

नामको खोजीमा मान्छे
दौडिएको युग भैसक्यो
भेटिएका नामहरू
मान्छेसँग मिलेको छैन
भेटिएका नामहरूमा
मान्छेको प्रबृत्ति मिलेको छैन।

धेरै पुस्ताहरू बितिसके
मान्छे बेमेलमा दौडिइरहेछ
आफ्नै नामको खोजीमा
मान्छेहरू भ्रमको खेतिमा
आफनै बिभेद बाडिरहेछ।

मान्छेलाई आफैमा खोज्दा
मान्छे जस्तै भेटिनु पर्थ्यो
अनेकौं बिरूद्ध स्वरूपमा
मान्छे सृष्टिभित्र कुरूपतामा
आफ्नै परिभाषा हराइरहेछ
अनि फेरि कराउदै भन्छ
म मात्रै मान्छे हुँ केवल म
मलाई सबैले मान्छे मान्नुपर्छ
जे सुकै होस् म मान्छे हो
किनकि मान्छेले नाम हराएको छ।

-दिनेश घिमिरे
विरूवा भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै