Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ

नवलपरासी । नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेका छन् । उनले नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट नेपाली नागरिकता लिन खोका थिए ।

 

पक्राउ परेका कुर्मी हाल बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए।

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै