Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँका यी क्षेत्रमा आज र भोलि सवारी निषेध

१४ भदौ ,काठमाडौ ।  काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ ।

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुँपुन्हि (क्वाति पुन्हि) र सापारु (गाइजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक–गोफल–ब्रम्हटोल–बन्डे–ह्युमत जैशिदेवल–कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

यस्तै, टंगाल–न्ह्यखा–बाङ्गेमुढा, न्हैकन्तला, असन, कमलाछि, भोटाहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment