Comments Add Comment

Advertisment

SKIP THIS

कारागारबाट भागेका ‘भाइ-नाइके’ क्षेत्रीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

काठमाडौं – बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ।

भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेका अजिबविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको बताए। त्यसका लागि आवश्यक आग्रह गरिसकेको उनले बताए।

रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई जुन देशमा फेला परेपनि पक्राउ गर्न सकिनेछ।

फरार रहेका अजिब नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंका गरिएको थियो। उनलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गरिरहेको छ। तर अझै फेला पर्न सकेका छैनन्। खोजी गर्नेक्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै