Comments Add Comment

Advertisment

SKIP THIS

आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ

नेपालगञ्ज– दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कर अधिकृत सापकोटा र तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल श्री एयरलाइन्सको जहाजमार्फत् नेपालगञ्जबाट काठमाडौं उड्ने तयारीमा थिए।

सापकोटाले बोकेको झोला विमानस्थलको ब्यागेज चेक गर्ने ठाउँमा चेकजाँच गर्दा शंका लागेपछि प्रहरीले खोलेर तलासी गरेको थियो। झोला खोलेर हेर्दा २६ लाख रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत पौडेल भने फरार भएका छन्। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै