Comments Add Comment

Advertisment

SKIP THIS

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरि सर्बजनिक गर्दै

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित मिलमा सामूहिक हत्या भएको घटनामा संलग्न रहेको संन्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको व्यक्ति बोल्नै नसक्ने रहेको खुलेको छ ।

शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित स:मिलमा चार जनाको हत्या भएको थियो। प्रहरी स्रोतका अनुसार आइतबार पक्राउ परेका पुरूष मृतक नवीन राईको मात्रै हत्या गर्न मिलमा पुगेको खुलेको हो।

मिलमा रहेका अरू तीन जनाका कारण आफू पक्राउ पर्न सक्ने डरले ती पुरूषले उनीहरूको पनि हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बतायो। प्रहरीले ती पुरूषलाई पक्राउ गरे पनि विवरण सार्वजनिक गरिसकेको छैन।

आइतबार प्रहरीले सिसिटिभी फुटेजको आधारमा ती पुरूषलाई पक्राउ गरेको हो। उनी राति साढे ११ बजे उक्त मिलबाट निस्किएका थिए।

मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका नवीन राई, दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या भएको हो।

नवीन राईको माथिल्लो तलाको बरन्डामा शव फेला परेको थियो। अन्य तीन जनाको भने भुँइ तलामा हत्या गरी घिसारेर एकै ठाउँमा राखिएको फेला परेको हो।

प्रहरीले सुरूमा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। उनी राति मिलमा पुग्दा चार जनाको शव फेला परेपछि ट्याक्सी चढेर राति ११:५५मा प्रहरी वृत्त बानेश्वर पुगेका थिए। त्यसपछि प्रहरीले सुरूमा उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर अनुसन्धानको क्रममा उनको संलग्नता नदेखिएको प्रहरीले निष्कर्ष निकालेको हो।

यसको अनुसन्धानका लागि शनिबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआइजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई जिम्मा दिएका थिए। एसएसपी राठौरको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै