Comments Add Comment

Advertisment

SKIP THIS

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ मतियार प्रहरीको कब्जामा

३ असोज , काठमाडौ । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् ।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं घट्टेकुलोबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै