Comments Add Comment

Advertisment

SKIP THIS

सुन तस्करीमा मुछिएका सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने

७ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले तस्करीको बरामद सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् ।

उनले प्रहरीले गरेको अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । सांसद समेत रहेका लामिछानेले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाइको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे ।

शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनेर आशंका व्यक्त गरे ।

सुन तस्करी प्रकरणको अनुसन्धान अपूरो भएको भन्दै उनले अपूरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment