Comments Add Comment

Advertisment

SKIP THIS

बाख्राले बाली खाएपछि झगडा हुँदा खुर्पाले हानेर वृद्धाको हत्या: एक जना पक्राउ

काठमाडौं : धादिङमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धाको हत्या भएको छ।

नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन्। उनी मृत फेला परेको खबरपछि प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट टोली खटिएको थियो।

अनुसन्धानको क्रममा मंगल गुरूङको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको प्रहरीले बताएको छ।

सोधपुछ गर्दा सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइदिएको विषयमा खुर्पाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै