Comments Add Comment

Advertisment

SKIP THIS

युरोप पठाउने भनेर ८० लाख ठगी गर्ने पाकिस्तानी र अजरबैजानी नागरिकलाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् ।

उनीहरुको साँगगाठमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर वर्क पर्मिटलगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले नाजिर र ऐसेललाई पक्राउ गरेको हो ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ ।

उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।

उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै