Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगन्जमा घटेन द्वन्द्व, पुनः कर्फ्यु लगाइयो

१९ असोज , काठमाडौ ।  बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रवार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने’ उल्लेख गरिएको छ ।
यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । विवाद समाधानको लागि बुधबार सर्वपक्षीय बैठक बसेर कर्फ्यु हटाउने सहमति गरिएको थियो ।

सहमतिमा दुवै समुदायका धर्मगुरूहरू पनि सहभागी थिए तर नेपालगन्जमा यो विवाद उक्साउने अदृश्य समूहले काम गरिरहेकाले समाधान नभएको स्थानीयले जनाएका छन् ।

उनीहरूले धर्मका नाममा दुवै तर्फबाट अतिवादीहरूले उचालेका कारण समस्या भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment