Comments Add Comment

Advertisment

SKIP THIS

हिमालयन बैँकद्वारा ५ थान गोप्रो क्यामेरा काठमाडौँ प्रहरीलाई हस्तान्तरण

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई २ लाख ६७ हजार ५ सय बराबरको इन्सटा ३६० चेस्ट स्ट्र्यापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक श्री समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै