Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ, एक लाख र तीन गड्डी तास बरामद

कैलाली । कैलालीमा जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा एक टहरामा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राती उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जुवाको खालबाट एक लाख एक हजार २६५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद गरिएको छ ।

प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै