Comments Add Comment

Advertisment

SKIP THIS

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले बताए । उनका अनुसार मृतक तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन ।

दुर्घटना ६ जना घाइते भएका छन् । उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए । मृतकको सनाखत हुन बाँकी छ ।

जीप अनियन्त्रित भई सेती खोलामा खसेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै