Comments Add Comment

Advertisment

SKIP THIS

कच्चा तेलको मूल्य घट्दैछ

१३ मंसिर काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ ।

नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि कच्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरियन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ ।

मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति दिनुपर्छ ।

कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपियाँ छ । सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले बताए । यी सब गर्दा निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

घट्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

तोलामा २०० ले घट्यो, सुनको मूल्य

आजको सुन मूल्य

निगमले घटायो हवाइ इन्धनको मूल्य