Comments Add Comment

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ

झापा । प्रहरीले बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-२ का ३१ वर्षीय शम्सेर कन्दंवा र मेचीनगर नगरपालिका-१० कि ३७ वर्षीया जुनु तिम्सिना रहेका छन् ।

 

उच्च अदालत विराटनगरको इलाम इजलासले असोज ६ गते कन्दंवालाई बैंकिङ कसुर मुद्दामा ७ दिन कैद, ७ लाख ५० हजार जरिवाना र पीडित राहत कोषमा ३० हजार जम्मा गर्न आदेश दिएको थियो।

त्यसयता उनी फरार थिए। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै उच्च अदालत विराटनगरको इलाम इजलासले नै जेठ ३१ गते जुनु तिम्सिनाविरूद्धको बैंकिङ कसुर मुद्दामा उनलाई ५ लाख जरिवाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्न र ५ दिनको कैद सजाय सुनाएको थियो।

त्यसयता फरार रहेका तिम्सिनालाई शुक्रबार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई कैद भुक्तानका लागि कारागार कार्यालय झापा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै