Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरबाट प्रहरीले प्रतिष्ठित व्यक्तिसहित आठ जना जुवाडेहरुलाई पक्राउ

काठमाडौं– प्रहरीले ललितपुरको जुवा खालबाट प्रतिष्ठित व्यक्तिहरुसहित आठ जनालाई पक्राउ परेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित क्लासिक टावरको ‘ए’ ब्लकको छैटौं तल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो।

नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।

हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको छ । ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै