Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

काठमाडौं– अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा धनकुटा घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ घर भई ललितपुरको खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकेर राई छन्।

उनीहरुले अनलाइन गेम्ब्लिङ, अनलाइन क्यासिनो गेम खेलाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै