Comments Add Comment

Advertisment

SKIP THIS

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा निमराज डाँगी पक्राउ

काठमाडौं: ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो।

उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै