Comments Add Comment

Advertisment

SKIP THIS

डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी

०३ जेठ , काठमाडौं । डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

नगरपालिका प्रमुखमा जोशीले ३६ सय १९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका हरि भट्टले ३४ सय २६ मत पाएका छन्।

उपप्रमुखमा कांग्रेसकै पार्वती झुकाल ३ हजार ६७८ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment