Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठगी गर्ने आमा शान्ति र छोरा विशाललाई प्रहरीले पक्राउ

काठमाडौँ । ‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् ।

आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ लाख लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । अमेरिकामा पुगेपछि मासिक ३ लाख तलब हुने जागिर मिलाइदिने उनीहरूले आश्वासन दिएको पीडितले प्रहरीलाई बताएका छन् ।

आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै