Comments Add Comment

Advertisment

SKIP THIS

केपी ओली कप क्रिकेटको उपाधि जित्ने मधेस प्रदेश टिमका खेलाडीलाई मुख्यमन्त्रीद्वारा सम्मान

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।

मुख्यमन्त्री यादवले बुधबार खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा उनले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको पूर्वाधार विकास गरिने बताए ।

मुख्यमन्त्री यादवले विजयी टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख प्रदान गरिने घोषणा पनि गरे । मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामाशीष यादव र प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।

पोखरामा मंसिर १५ गते भएको फाइनल खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै