Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ।

रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्।

पुनर्वास नगरपालीका–२ माइली बजारमा रोकीराखेको से १ त ४१५९ नम्बरको ट्याक्टरसँग म २ प ४६२५ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक रानाको उपचारका क्रममा मृत्यु भएको छ।

त्यस्तै १९ वर्षीय अनुप राना र १८ वर्षीया रञ्जिता राना घाइते भएका छन्। अनुपको टाउको, मुख तथा रञ्तिाको दाहिने खुट्टा र दुबै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै