Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी थापाको प्रमुख आतिथ्यतामा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। यस अभियान अन्तर्गत प्रहरी वृत्त बानेश्वर महिला हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त बानेश्वरले लैंगिक हिंसा नियन्त्रणका विषयमा कार्यक्रम संचालन गरेको हो ।

प्रहरी वृत्त बानेश्वरले आयोजना गरेको ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी थापाले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा लागेको बताए ।

एआईजी थापाले राज्य नै लैंगिक हिंसाको सवालमा संवेदनशील भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष तथा लैंगिक अल्पसङ्ख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गरे ।

उनले समय अनुकूल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा एआईजी थापालगायत जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसएसपी भुपेन्द्र खत्री, बानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकी, महिला अधिवक्ता राधिका खतिवडा, कोटेश्वर प्रहरी प्रभागका इन्स्पेक्टर विनोद सुवेदी, प्रहरी प्रभागका काडाघारीका इन्स्पेक्टर श्याम कटुवाल तथा प्रहरी अधिकृतहरू, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आबद्ध विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै