Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमा सस्तोमा आइफोन बिक्रीको विज्ञापन राखेर १० लाख ठगी, दुईजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा मोबाइल बिक्रीको विज्ञापन राखी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको साबिक लिपनीविर्ता गाविस २ निवासी ३३ वर्षीय अफताब आलम र महोत्तरीको साबिक गोनरपुरा गाविस ४ निवासी २७ वर्षीय विनय शाह रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले फेसबुक पेजहरूमा आईफोन मोबाइलहरू सस्तोमा बिक्रीमा राखी निवेदकहरुसँग अनलाइनमा कुराकानी गरी अग्रिम दश प्रतिशत दिएपछि बाँकी रकम किस्ता–किस्तामा तिर्न मिल्छ भनी झुट्टा विज्ञापन राखेर पीडितको रकम ठगी गर्ने गरेको खुलेको छ ।

पीडितलाई डेलिभरीको सामान आइपुगेको र यसका लागि कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्छ साथै वैदेशिक रोजगारको विज्ञापन राखी पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैङ्क खातामा जम्मा दश लाख ३९ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गरेको उनीहरुमाथि आरोप छ ।

उनीहरूलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै