Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजासहित विष्‍णुमती करिडोरबाट इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ

काठमाडौँ । प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीया इन्दिरा श्रेष्ठ छिन् ।

काठमाडौँ महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्‍णुमती करिडोरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको साथबाट १ सय ९० ग्राम गाँजा बरामद गरिएको छ ।

उनको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै