२७ मंसिर , काठमाडौ । यस न्युुज24ग्यालेक्सीले संधैभरी देशका विभिन्न क्षेत्रमा घटेका सम—सामयिक विषयवारे देखेका तथा प्रत्यक्ष प्रमाण फेला पारेका आधारमा मात्र समाचार पे्रषित गर्ने गरेको छ र यसै सन्दर्भमा मिति २०८० साल मंसिर १८ गते हाल देशमा भएका एवं घटेका सम—सामयिक विषयमध्येमा मिटरव्याजी पीडितहरुको कथा—ब्यथा पनि एक भएको भनि त्यसै विषयमा आधारित भएर पीडित भनिने रुसन श्रेष्ठको उजुरीको आधारमा एक समाचार प्रेषित गरेका थियौं र पछि पिडक भनिने रोसन श्रेष्ठका अनुसार हाल आएर उक्त घटनामा म दोषी होइन र न्युज24ग्यालेक्सीमा पीडित हुँ भनेर आउने रुसन भन्ने ब्यक्तिसँग हाम्रो कारोवार मिटरब्याजीको नभएर जग्गाको लेनदेन सम्बन्धि भएको हो ।

निज ब्यक्ति रुसन श्रेष्ठद्धारा रोसन श्रेष्ठलाई जग्गा दिइएको र जग्गा दिएर समयमा पास नगरेबापत दिएको बैना रकम फिर्ता पाउँ भनि पटक पटक अनुरोध गर्दा समेत सो रकम उपलब्ध नभएपछि सो को मुद्या हाल अदालतमा भएको जानकारी समेत उक्त मिडियालाई गराउँछु भनेर रोसन श्रेष्टले भन्नुभएकोले यस सन्दर्भमा हामीले पुनः पीडित भनिने पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नभएकोले रोसन श्रेष्ठको रुसन श्रेष्ठसँगको जग्गासम्बन्धि कारोवार भएको र निजको मिटरब्याजीसम्बन्धमा कुनै चासो नभएको पाइएकोेले पत्रकार आचारसँहिता २०७३ को पत्रकार र सञ्चारमाध्यामको कत्र्तब्य अन्तर्गत दफा ४ को उपदफा १५ मा उल्लेख भएको संहिताबमोजिम उक्त समाचारको खण्डन गरिएको छ । र अबेदखि यस्ता समाचार प्रेषित गर्दा अझ थप प्रमाण जुटाएर मात्र गरिने ब्यहोरासमेत जानकारी गराउँदछौ ।
रोशन श्रेष्ठका अनुसार:-
उपरोक्त सम्बन्धमा तपाईको मिडिया न्युजट्वान्टीफोरबाट मिति २०८० मंसीर १८ गते प्रकाशित यिनै मिटर ब्याजीको दलदलमा फसेर कति आत्महत्या गर्ने अबस्थामा पुगेु भन्ने शिर्षकको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा भने जस्तो म मिटर ब्याजी होईन । मैले पीडित भनिएका रुसन श्रेष्ठसँग आर्थिक कारोवार समेत गरेको छैन । मैले उसँग जग्गा खरिद गर्ने सम्वन्धमा गरिएको कागजका आधारमा संचारमाध्यममा चरित्रहत्या हुने गरी मिटरब्याजी भनेर समाचार लेख्न प्रमाण पुग्छ रु मैले रुसन श्रेष्ठसँग जग्गा खरिद गर्ने उदेश्यले बैना स्वरुप मात्रै कारोवार गरेको हो ।
कागजातमा जग्गा खरिद विक्री सम्वन्धी उल्लेख भएका विषयले तोकिएको समयावधी भित्र जग्गा पास नगरिदिएकाले मैले निज रुसन श्रेष्ठसँग बैना स्वरुप दिएको रकम फिर्ता माग गरेको हुँ । कानून अनुसार जग्गा पास नगरिदिने, बैना स्वरुप लिएको रकम पनि फिर्ता नगरे पछि मैले सम्मानित जिल्ला अदालतमा सोहि विषयमा मुद्दा दर्ता गरेको छु ।
अदालतमा विचाराधिन रहेको मुद्दाको फैसला नआउँदै भएका विषयलाई तोडमोड गरी जग्गा र बैना दुबै फिर्ता नगर्ने नियतका साथ रुसन श्रेष्ठले उक्त संचारमाध्यममा मेरो तस्विर सहित राखेर समाचार प्रकाशन गरेकाले मेरो चरित्रहत्या मात्रै नभई सामाजिक मान प्रतिष्ठामा समेत आँच आएको छ । समाचारमा उल्लेख भएका विषयमा कुनै सत्यता नभएकाले भ्रामक, झुटो, कपोकल्पीत र आधारहिन समाचारको म खण्डन गर्दछु । प्रकाशित समाचार पनि एकतर्फि भएकाले मेरा विषय पनि समावेश गरिदिन समेत अनुरोध गर्दछु ।
गल्ति समाचार प्रकाशनलाई सुधार गर्न, मेरा कुरा समावेश गरिदिन र कानून अनुसार भएका विषयलाई त्यसरी नै बुझिदिन अनुरोध गर्दछु । अतः उक्त विषयमा अदालतमा समेत मुद्दा विचाराधिन रहेकाले थप प्रमाण र सोहि विषयका सम्वन्धमा सम्मानित जिल्ला अदालतमा समेत गएर बुझ्न सकिने भएकाले गलत तथा भ्रामक विषयमा नलाग्न खण्डन मार्फत अनुरोध गर्दछु ।
यो पनि पढौ := https://www.news24galaxy.com/2023/12/76063/




