Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुर प्रहरीले गाँजा र अन्य लागूऔषधको कारोबार गर्ने तीन जनालाई पक्राउ

उदयपुर । उदयपुर प्रहरीले शुक्रवार गाँजा र अन्य लागूऔषधको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार १६ केजी ३३० ग्राम गाँजा सहित उदयपुरगढी ७ हाडेबासबाट दुई जनालाई र त्रियुगा नपा ४ बगाहाको भित्री सडकबाट फेनालगन ८८ एम्पुल डाइजेपाम ८८ एम्पुल ब्ू्रप्रीनोरफेम ८८ एमपुल गरी जम्मा २६४ एमपुल सहित एकजना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजाको कारोबारमा संलग्न भएका रौतामाई ४ का ५२ वर्षका दुर्गा बहादुर रोका र सोही ठाउँका वर्ष २३ को नेत्र परियारलाई १६ केजी ३३० ग्राम गाँजा सहित पक्राउ गरेको र ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

यसैगरी अन्य लागूऔषध २६४ एम्पुलको कारोबारी त्रियुगा नपा १३ का २७ वर्षको रोयल राईलाई पनि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै